हालै अन्तरिक्षमा करिब एक दर्जन वाइनको बोतल पठाइएको छ। तर, अन्तरिक्षमा ती वाइन पिउनका लागि नभई अनुसन्धानका लागि पठाइएको हो। वाइन पठाउनुअघि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा स्कच र ह्विस्कीको बोतल पनि पठाइएको थियो।
अन्तरिक्षमा वाइन पठाउनुको कारण वैज्ञानिकले त्यहाँ भारहीनता र विकिरणको असर रक्सी र अन्य पेय पदार्थमा कस्तो पर्छ भन्ने अनुसन्धान गर्नु हो भनिएको छ। यी बोतल अन्तरिक्षमा करिब एक वर्षसम्म राखिनेछ।
वाइनका यी बोतल नफुटुन् भनेर तिनलाई धातुको कन्टेनरमा प्याक गरेर पठाइएको थियो। यो अनुसन्धानमा जर्मनी र फ्रान्सका दुई विश्वविद्यालयले भाग लिएका छन्। वाइन नै किन पठाइएको भन्ने जिज्ञासामा वैज्ञानिकके भने, ‘समयसँगै वाइनमा रासायनिक प्रक्रिया हुन्छ।’
शोधकर्ताका अनुसार यो अनुसन्धान सार्थक भयो भने भविष्यमा कृषिका बारेमा पनि महत्त्वपूर्ण जानकारी प्राप्त हुनेछ। तीन वर्षसम्म अन्तरिक्षमा रक्सीको बोतल यसरी नै पठाइनेछ।
श्रोत ः अन्नपूर्ण पोस्ट






