डडेल्धुरा ।। चिकित्सा शिक्षा सुधारका अभियान्ता प्रा.डा.गोविन्द केसीको समर्थनमा वृहत्त सिटी जुलुस प्रर्दशन गरेका छन् । नागरिक समाज डडेल्धुरा र जिल्लास्थित पेशाकर्मी एवं व्यवसायीक संघसंस्थाहरुको अगुवाईमा सदरमुकामस्थित बसपार्कबाट हिजो दिउँसो निकालिएको सिटी जुलुस तुफानडाँडा चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई नागरिक अगुवा तेजबहादुर ऐर, कैलालीका नागरिक अभियन्ता प्रमोद पाठक, डा. केसीको आन्दोलनमा एक्यवद्धता जनाउन काठमाडौंबाट डडेल्धुरा पुगेका एचआईभी संक्रमित अभियन्ता राजीव काफ्ले र डडेल्धुरा उद्योग वाणिज्य संघका अध्यक्ष लोकराज भट्टले सम्बोधन गरेका थिए । सिटी जुलुसमा सहभागीहरुले सत्याग्रहमा रहेका डा. केसीलाई राखिएको डडेल्धुरा अस्पताल पुगेर नाराबाजी र प्रदर्शन समेत गरेका छन् । अत्यन्तै चिसो ठाँउमा अनसनरत डा. केसीको स्वास्थ्यमा समस्या थपिदैं गएको छ । निजी घरमा सत्याग्रहमा रहेका उनलाई स्वास्थ्य अवस्था बिग्रदै गएपछि पाँचौ दिन शुक्रबार बेलुकीदेखि डडेल्धुरा अस्पताल भर्ना गरिएको छ ।
अनशनरत डा. केसीको समर्थनमा डडेल्धुरामा सिटी जुलुस प्रदर्शन
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।