धनकुटा ।। किसानको मेहनत घटाउने तर कृषि उत्पादन बढाउने लक्ष्य राखेर सरकारले कृषिमा प्रविधिको प्रयोगलाई बढवा दिंदै आएको छ । सजिलोका लागि विभिन्न कृषि औजार, उपकरण र प्रविधि, लागत साझेदारी, आशिंक तथा शतप्रतिशत अनुदानमा किसानलाई वितरण गरिन्छ । तर, त्यस्तो कृषि औजार नेपालमा भने उत्पादन हुँदैन । धनकुटाको सिंधुवास्थित तरकारी जोन कार्यालयले गत वर्षका लागि दुई करोड १८ लाख ९१ हजार रुपैयाँ बजेट मध्ये ६१ प्रतिशत अर्थात् एक करोड ४० लाख अनुदानमा खर्च ग¥यो । यो रकमबाट मिनिटिलर, प्लाष्टिक घर, थोपा सिँचाईका पाइप, पुतली तथा किरा मार्ने पासो, बोरा लगायत कृषि सामग्री किनेर किसानलाई अनुदानमा बाँडियो । यी सबै उपकरण र सामग्री भारतलगायत अन्य मुलुकबाट ल्याईएको हो । यस्ता कृषि सामग्री बिग्रँदा बनाउने मानिस पनि विदेशबाटै बोलाउनु पर्ने बाध्यता रहेको तरकारी जोन सिंधुवा धनकुटाका प्रमुख देविन्द्र साहु बताउनुहुन्छ । विदेशबाट आयात गर्नु परेकै कारण कृषि समाग्री र उपकरणमा ४० देखि ६० प्रतिशतसम्म बढी मूल्य लाग्ने गरेको तथ्याङक छ । तयारी वस्तु ल्याउँदा न्यून शुल्क तोकेको सरकारले कच्चापदार्थ आयातमा भने अस्वभाविक भन्सार असुल्ने गरेको व्यवसायीको आरोप छ । जसका कारण स्वदेशमै कृषि समाग्री तथा उपकरणको उत्पादन बढ्न नसकेको नेपाल थोपा ंिसँचाई प्रालि काठमाण्डौका सञ्चालक खोजबहादुर कटुवाल बताउनुहुन्छ । तयारी सामग्री ल्याउँदा एकप्रतिशत शुल्क तिरे पुग्ने भएपनि कच्चा पदार्थ ल्याउँदा १० प्रतिशतसम्म तिर्नुपरेको उहाँको भनाइ छ । कृषि प्रविधिसँग जोडिएका उपकरण र सामग्री स्वदेशमै उत्पादन नहुँदा राज्यले किसानका लागि छुट्याएको अनुदानको रकम विदेशिने गरेको छ ।
Home प्रदेश समाचार बागमती प्रदेश कृषि उत्पादन बढाउने लक्ष्य राखेर सरकारले कृषिमा प्रविधिको प्रयोग बढाउँदै
कृषि उत्पादन बढाउने लक्ष्य राखेर सरकारले कृषिमा प्रविधिको प्रयोग बढाउँदै
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।