काठमाडौं ।। अब पानीजहाजमा काम गर्न विदेश जाने नेपाली नागरिकले सिम्यान्स अर्थात् छुट्टै राहदानी लिन पाउने भएका छन् । संसदबाट पारित भई केहीदिनअघि राष्ट्रपतिबाट प्रमाणिकरण भएको राहदानी सम्बन्धी बिधेयकमा सिम्यान राहदानी लिन पाउने व्यवस्था गरिएको हो । सिम्यान्स राहदानी बाहकलाई अर्को मुलुकमा प्रवेश गर्दा पाउने अधिकार र सुविधा सुनिश्चित हुने राहदानी विभागका महानिर्देशक रामकाजी खड्काले सीआईएनसँग बताउनुभयो । सिम्यान्स राहदानीमा पानीजहाजमा काम गर्न जाने नेपाली रोजगारको परिचय र पहिचान स्पष्ट उल्लेख गरिएको उहाँले बताउनुभयो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here