काठमाडौं ।। बंगलादेशमा आयोजना भएको पाँचौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा नेपालले ८ स्वर्णसहित कुल १९ पदक हात पारेको छ । ढाकामा भएको च्याम्पियनसिपमा नेपालले ८ स्वर्ण, ३ रजत र ८ कास्यगरि १९ पदक जितेको हो । नेपालका लागि महिला कुमुतेतर्फ कुसुम खड्काले ४८ केजी र मनिषा चौधरीले ५५ केजीमा स्वर्ण पदक जित्नुभयो । यस्तै पुरुष कुमुतेतर्फ राजिब पुडासैनीले ६० केजी र विप्लब लाल श्रेष्ठले ८४ केजी माथिको तौल समूहमा स्वर्ण जित्नुभयो । यस्तै चन्चला दनुवारले महिला एकल काता स्वर्ण पदक जित्नुभयो । नेपालले महिला टिम काता र पुरुष टिम कातामा समेत स्वर्ण जितेको छ । नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि मलेसियामा तयारी गरेर नेपाली टिम प्रतियोगिता खेल्न बंगलादेश पुगेका थिए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here