रौतहट ।। इँटाभट्टामा हालेर मारिएको भनिएका ओसी अख्तर जिवित रहेको उनकी श्रीमतीले दाबी गरेकी छिन् ।
१२ वर्षअघि बम विस्फोटमा घाइते भएका अख्तर सहितका व्यक्तिलाई आलमकै निर्देशनमा इँटाभट्टामा हालेर जिविती जलाइएको अभियोगमा थुनछेक बहस चल्दै गर्दा उनकी श्रीमतीले श्रीमान वैदेशिक रोजगारीमा गएको र अहिले ज्युँदै रहेको भनेर निवेदन दिएपछि घटनाले नयाँ मोड लिएको हो ।
आलमविरुद्ध थुनछेक बहस चल्दै अख्तरकी श्रीमती आमना खातुनले श्रीमान जिविती रहेको भन्दै निवेदन लिएर आएको जिल्ला अदालत रौतहट स्रोतले जनाएको छ ।
आलमविरुद्ध सरकारी वकिलले बहस गरिरहेका बेला उनकी श्रीमती खातुनले श्रीमान जिविती रहेको भन्दै निवेदन लिएर इजलासमै पुगेकी थिइन् ।
श्रीमान् जिविती रहेको भन्दै श्रीमती निवेदन लिएर पुगेपछि आएको भए पनि अदालतले भने निवेदन दर्ता गरेको छैन । अहिले बहस चलेकाले उनको निवेदन नहेरिएको र त्यसलाई हेर्ने नहेर्ने भन्नेबारे पछि निर्णय हुने अदालतले जनाएको छ ।
रौतहटको राजपुर फरदवामा १२ वर्षअघि भएको बम विस्फोट र त्यसमा घाइते भएकालाई इँटाभट्टामा हालेर ज्युँदै जलाइएको अभियोगमा निलम्बित सांसद मोहम्मद अफताब आलमविरुद्ध जिल्ला अदालत रौतहटमा अहिले थुनछेक बहस चलिरहेको छ ।
आलममाथि कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र बम विस्फोट गरी तीन वटा अभियोगमा मुद्दा दायर भएको छ । २०६४ साल चैत्र २७ गते पहिलो संविधानसभा चुनावको अघिल्लो दिन आलमका काका शेष इद्रिसको गोठमा बम विस्फोट हुँदा घाइते तथा मृत्यु भएकालाई इँटाभट्टामा हालेर जलाएको आरोपमा गएको असोज २६ गते नेता आलमलाई प्रहरीले पक्राउ गरेको थियो ।
आलमलाई ३२ वर्ष कैद माग गर्दै जिल्ला सरकारी वकिल कार्यालयले सोमबार जिल्ला अदालतमा मुद्धा दर्ता गरेको थियो ।

आलमको पक्षबाट बहस गर्न २५ जना कानुन व्यवसायीले वकालतनामा भरेका छन् । थुनछेकको बहसपछि मात्रै आलमलाई पुर्पक्षका लागि कारागार पठाएर वा सामान्य तारेखमा रिहा गरेर मुद्दा अगाडि बढाइने भन्ने टुंगो लाग्नेछ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here