File Photo

रौतहट ।। लागु औषध चरेस सहित एक जनालाइ रौतहट प्रहरीले पक्राउ गरेको छ !
गौर नगरपालिका वडा नं. ६ सवगढा स्थित गौर चन्द्रनिगाहपुर सडक खण्डमा यस जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको Crime Investigation Team -CIT_ प्रहरी टोलीले Covert Operation को माध्यमबाट आवत जावत गरि रहेका शंकास्पद सवारी साधन तथा पैदल यात्रीहरु समेतलाई चेकजाँच गर्ने क्रममा अन्दाजी रातको २१,३० बजेको समयमा झन्खुनवा तर्फबाट गौर तर्फ पैदल शंकाष्पद रुपमा हिडी आउदैं गरेको जिल्ला रौतहट राजपुर नगरपालिका वडा नं.७ बस्ने लालबाबु भन्ने शेख एकवाल अहम्दलाई पक्राउ गरेको हो ।
रोकेर शरीर खानतलासी गर्दा निजले शरिरमा लगाएको कालो रंगको ज्याकेटको खल्तीमा सेतो प्लाष्टिक भित्र लागु औषध चरेश २१० ग्राम पहेलो टेपले टाँसी लुकाई छिपाई गरी राखेकोमा फेला पारी उक्त लागू औषध चरेश रित पूर्वक बरामद गरी निजलाई पक्राउ गरी लागू औषध चरेश शिर्षक मुद्धामा सम्मानित रौतहट जिल्ला अदालत गौरबाट म्याद थप गरीथप अनुसन्धान कार्य अगाडी बढ़ाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here