रौतहट ।। राजदेवी नगरपालिकामा भएको व्यापक अनियमित्तको छानविन हुनु पर्ने लगायतका २५ बुन्दे मांग राख्दै समाजवादी पार्टी नगर कार्य समितिले नगरपालिकाको परिसरमा आन्दोलनको पहिलो चरणको कार्यक्रम शुरू गरेको छ ।
समाजवादी पार्टी नगर समिति राजदेवी रौतहटले आज देखि धरना कार्यक्रम शुरू गरेको नगर अध्यक्ष रामेश्वर प्रसाद यादवले बताएका छन ।
विभिन्न मांग राख्दै बुझाइएको ज्ञापन पत्र अनुसारको मांग पूरा नगरेकोले आन्दोलन शुरू गरेको उनले जनाए । मांग पूरा नभए सम्म कार्यक्रम जारी रहने उनको भनाइ रहेको छ । पहिलो दिन ११ बजे देखि १ बजे सम्म धरना दिइएको छ ।
धरना कार्यक्रममा समाजवादी पार्टीका जिल्ला , नगर स्तरीय नेता कार्यकर्त्ताको उपस्थति रहेको थियो । ज्ञापन पत्र मार्फत माग गरिएको कागजपत्र उपलव्ध गराइएको नगरपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत संजय पाण्डेले बताएका छन ।