रौतहट ।। रौतहट जिल्लाको राजदेवी नगरपालिका वड़ा नम्बर १ मोतीपुरमा विहिवार शहरी स्वास्थ्य केन्द्रको उदघाटन गरिएको छ ।
विकासको सवालमा , शिक्षा र स्वास्थ्यमा पछाडि पारिएको उक्त वड़ामा स्वास्थ्यमा सहज रुपमा पहुंच हुने उदेश्यले स्वास्थ्य केन्द्रको संचालन गरिएको हो । नगर प्रमुख धीरेन्द्र कुमार सिंहले स्वास्थ्य केन्द्र को उदघाटन गरेका छन ।
कार्यक्रमको सम्वोधन गर्दै मेयर सिंहले विकासको कार्यमा बाधक नभई सहयोगी बन्न आग्रह गरेका छन । विकासको कार्यमा अवरोध गरिमा विकास हुन नसक्ने भएकोले सहयोग गर्नु पर्ने उहाको धरना रहेको छ ।
वड़ा अध्यक्ष राम नरेश यादवको सभापतित्वमा भएको उदघाटन कार्यक्रममा राजपा नेपालका नेता अनिल कुमार सिंहले सवै भन्दा पछि परेको वड़ाको रुपमा रहेकोले आगामी दिनमा विकासको लहर चल्ने बताएका छन !
कार्यक्रममा नगरपालिकाका स्वास्थ्य संयोजक सतिदानन्द सिंह , निर्वाचित जनप्रतिनिधि , युवा समाजसेवी नविन कुमार सिह,कर्मचारी तथा संचारकर्मी लगायत स्थानीयहरुको उपस्थति रहेको थियो !