रौतहट ।। रौतहट जिल्लाको देवाही गोनाही नगरपालिका वडा नं. ६ कर्कच कर्मैया निवासी सरोज झाले दाइजोको निहुमा घरवाट निकाला गरेको लगाइएको आरोप गलत रहेको बताएका छन ।
रोनाल्स झा सित कानुनी विवाह गरेको दावी गरेकी जुही कुमारी ठाकुरले दाइजो नल्याएको निहुमा ससुराली पक्षले घरवाट निकाला गरेको समाचार प्रकाशित भएपछि ससुरा सरोज झाको यस्तो प्रतिकृया आएका हुन । छोरा जागिरको सिलशिलामा राजविराजमा रहेको पछि रौतहटको गरुडा स्थित सेन्चुरी बैकमा पद स्थापना भएको केही दिन पछि छोरा , श्रीमति माथि महिला तथा बालबालिका सेवा कार्यालयमा उजुरी परे पछि जुही ठाकुरलाई पहिलो पटक देखेको बताउदै झाले कहिले पनि मेरो घरमा नआएको लाई घरेलु हिसां गर्नु पर्ने कुरै न भएको जिकिर गरे ।
विहिवार गौरमा पत्रकार सितको भेटघाटमा झाले भने अविवाहित छोरा रोनाल्सलाई राजविराजमा कव्जामा लिएर ठाकुरले कानुन विपरित बहुविवाह गरेको दावी गरे । वलजवरदस्ती विवाह गरेको छोराले बताए पछि कानुनी उपचार तर्फ छोरा लागेपछि बदनाम गर्ने उदेश्यले उक्त महिलाले झुठा आरोप लगाएको ठोकुवा गरे । उनले हामी माथि आरोप लगाउने महिलाको १५ बर्ष अघि नै विवाह भएको र १२ बर्षको एउटा छोरा समेत भएको बताए ।
मुलुकी देवानी संहिता २०७४ को विवाह सम्वन्धी व्यवस्थामा विवाहित महिलाले जानी जानी अविवाहित पुरुष सित विवाह गर्नु नहने कानुनी व्यवस्था रहेको बताउदै झाले १५ बर्ष अघि विवाह गरेको महिलाले २०७६ भाद्र १५ गतेमा छोरा एकलै भएको अवस्थामा धम्काएर सम्पति लिने उदेश्यले वलपुर्वक अदालतवाट विवाहको कागज बनाएको दावी गरे ।
कहिलै नदेखेको महिलालाई दाइजोको निहुमा घर निकाला गरेको आरोपमा कुनै सत्यता नरहेको झाको कथन रहेको छ । रोनाल्स झाले आफुलाई डर त्रास दिएर अदालतवाट नाता कायम गर्न लगाएको दावी गरेको छ । वलपुर्वक नाता कायम गराएछि कार्तिक ३ गतेमा निज जुही ठाकुर माथि रौतहट जिल्ला अदालतमा सम्वन्ध विच्छेद मुद्धा दर्ता गराएको बताए । मन्जुरी नहुदा पनि एकलै भएको अवस्थामा डर देखाउदा नाता कायम गर्न वाध्य भएको जिकिर गरे ।
दाइजोको निहुमा घर निकाला गरेको आरोप झुठा झा
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।