रौतहट ।। बम काण्डको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका निलंवित सांसद एवं पूर्व मंत्री महमद आफताव आलमको व्यान तेस्रो दिन सकिएको छ ।
५१ वटा प्रश्नको जवाफ दिदै व्यान सकिएको हो । सोधिएको सवै प्रश्नको जवावमा आलमले भएको छैन भनेका छन । जिल्ला सरकारी वकील कार्यालयका जिल्ला न्यायधिवक्ता खड़ींद्र राज कटुवालले अनुसन्धानको क्रममा संकलित सवुद्ध प्रमाणले आरोपितलाइ थुनामा राखिने बताएका छन ।
संचारकर्मी सित कुरा गर्दै कटुवालले मृतक ओसी अख्तरको जूता ,स्वीटर , प्रत्यक्षदर्शीहरुको सविति व्यान , घटना देखने व्यक्तिले गरेको कागजको आधारमा थुनामा राखेर मुद्दाको पुरपक्ष गर्न बेंच सित आग्रह गरेको समेत बताए ।
आलमको व्यान सकिए लगतै थुन्छेक बहस शुरू भएको छ । नेपाल सरकारको तरफबाट तीन जना कानून व्यवसायीको बहस संपन्न भएको जिल्ला अदालतले जनाएको छ । पहिलो दिन जिल्ला न्यायधिवक्ता कटुवाल , महान्यायधिवक्ता कार्यालयका उपमहा न्यायधिवक्ता अर्जुन कोइराला , सह न्यायधिवक्ता सूर्य राज दहालको बहस सकिएको छ ।
प्रतिवादी आलमको पक्षमा बहस गर्नको लागि वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरे सहित ३४ वटा कानून व्यवसायीहरु रहेका छन । कानून व्यवसायीहरुको संख्या बढ़ी भएकोले अंतिम आदेश आगामी मंगलवार सम्म आऊंन सकिने अनुमान गरिएको छ ।
आलमको व्यान थुन्छेक बहस जारी, मात्र तिन वकिलकाे बहस भयाे
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।