काठमान्डु ।। सरकारले १५ निजि कलेजहरुको सम्बन्धन खारेज गरेको छ। शिक्षा मन्त्रालयले दिएको जानकारीअनुसार सरकारी नियमको अवज्ञा गर्ने १५ कलेजको अनुमति खारेज गरिएको हो।

सम्वन्धन खारेज भएका कलेजहरुले धरौटी नबुझाएको, नवीकरणका लागि आवेदन नदिएको, सरकारको सम्पर्कमा नभएको, नवीकरण वापतको दस्तुर नबुझाएको कारण देखाइएको छ। सरकारले सरकारी नीति अवज्ञा गर्ने निजि कलेजहरुलाई अनुमति खारेज गर्ने निर्णय लिएको हो।

शिक्षा, विज्ञान एवं प्रविधिमन्त्री गीरिराजमणि पोखरेलले यसअघि नै निजि कलेजहरुलाई सरकारी मापदण्डमा आउन निर्देशन दिएका थिए। सरकारले लामो गृहकार्यपछि १५ कलेजको अनुमति खारेज गर्ने निर्णय गरेको हो।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here