डडेल्धुरा ।। चिकित्सा क्षेत्रमा सुधारको माग राख्दै पटकपटक अनशन बस्दै आउनुभएका प्रा.डा. गोविन्द केसीले १७ औं सत्याग्रह शुरु गर्नुभएको छ । डडेल्धुरा सदरमुकामस्थित संघीय सरकार मातहतको डडेल्धुरा अस्पताल परिसर नजिकको एक निजी घरबाट उहाँले सत्याग्रह शुरु गर्नुभएको हो । उहाँले सात बुँदे माग राख्दै अनसन शुरु गर्नुभएको हो । पत्रकार सम्मेलनको आयोजना गर्दै डा. केसीले हिजो साँझ ५ बजेबाट औपचारिक रुपमा सत्याग्रह शुरु गर्नुभयो । त्रिवि शिक्षण अस्पतालबाट केही दिनअघि मात्रै अवकाश पाउनुभएका डा. केसीले सरकारसँग भएको सम्झौता कार्यान्वयनका लागि कात्तिक ८ गतेसम्मको अल्टिमेटम दिनुभएको थियो । नेपालीहरुको महानपर्व तिहार परेकाले केहि ढिलागरि सत्याग्रह शुरु गरिएको हो उहाँले बताउनुभयो । सरकारले माग सम्बोधन गर्नुको साटो उल्टै सम्झौता उल्लङ्घन गरेकाले अनसन शुरु भएको उहाँको भनाइ छ । अनशन बस्न हिजो दिउँसो मात्रै उहाँ डडेल्धुरा पुग्नु भएको हो । डा.केसीले नेपालका सबै निजी मेडिकल कलेजले अवैधरूपमा असुल गरेको रकम फिर्ता गर्नुपर्ने, अर्बौको ठगी र आर्थिक अपराधका दोषी मेडिकल कलेजका सञ्चालकहरुलाई फौजदारी कानून बमोजि कडा कारबाही गर्नुपर्ने, संसदीय उपसमितिको माफियाको प्रभावमा गरिएको शुल्क र सिट संख्यामा वुद्धी गर्ने लगायतका निर्णयहरु खारेज गर्नुपर्ने सहितका माग अघि सार्नुभएको छ ।
चिकित्सा क्षेत्रमा सुधारको माग राख्दै पटकपटक अनशन बस्दै आउनुभएका डा. केसीले १७ औं सत्याग्रह शुरु
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।