काठमाडाैं ।। पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप प्रतियोगिता अन्तर्गत आज पुलिस र एपीएफबीच खेल हुँदै ।। पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप अन्तर्गत आज नेपाल पुलिस क्लब र विभागीय टोली एपीएफबीच प्रतिस्पर्धा हुँदैछ । आजको खेलमा विजयी हुने टोलीले सेमिफाइनलमा स्थान सुरक्षित गर्नेछ । यसअघि हिजो भएको खेलमा भारतको पाहुना टोली सिक्किमले जित हात पारेको छ । बिर्ताबजारस्थित डोमालाल राजवंशी रंगशालामा भएको पहिलो क्वाटरफाइन खेलमा मोरङको बेलबारी एफसीलाई ३–२ गोलअन्तरले पराजित गर्दै सिक्किमले अन्तिम चारमा प्रवेश गरेको हो । गोल्डकपमा नेपाल र भारतका १० टिम सहभागी छन् । गोल्डकपको विजेताले नगद १२ लाख ५० हजार पाउँदा उपविजेताले नगद ६ लाख २५ हजार र ट्रफी पाउनेछ । विधागत पुरस्कार विजेता खेलाडीले जनही १५ हजार पाउँदा उत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल पाउनेछ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।