हुम्ला ।। निजी हवाइसेवा प्रदायक कम्पनीले ठूलाबडालाई मात्र जहाजको टिकट दिने गरेपछि हुम्लाका नागरिकलाई समस्या भएको छ । दशैँतिहार मनाएर आआफ्नो गन्तव्यमा फर्कनका लागि हुम्लाको सिमकोट विमानस्थलमा हवाई यात्रा गर्नका लागि दैनिक सयौं यात्रु विमानस्थलमा पुग्ने गरेका छन । पुहचँवालाले विमानस्थल नपुगीकनै सजिलै टिकट पाइरहेका छन् भने सर्वसाधारणले विमानस्थलमा कयौं दिन ढुक्दा पनि टिकट पाइरहेका छैनन् । निजी एयरलाईन्स र नेपाल एयरलाईन्सले समेत फोन अनि बन्द कोठाभित्रैबाट टिकट वितरण गर्दा सर्वसाधारणले नपाएको आरोप यात्रुको छ । नेपाल एयरलाईन्सको उडानबाट आज सिमकोट पुगेका कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावललाई विमानस्थलमा देखेपछि यात्रुहरूले गुनासो सुनाए । हुम्लाका नागरीकलाई हरेक वर्ष दशैंतिहार मनाएर जिल्ला बाहिर जान निजी विमान कम्पनीका जहाजले उडान नगर्दा टिकट अभाव हुने गरेको छ । विमानस्थलमा नै गुनासो सुन्नु भएका कर्णाली प्रदेशका समाजिक विकास मन्त्री दल रावलले समस्या समाधानका लागि पहल गर्ने आश्वासन दिनुभयो । सिता एयरलाईन्सले एक हप्तादेखि हुम्लाको उडान बन्द गरेको छ भने समिट एयरलाईन्सले दुई दिन देखि उडान रोकेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here