अछाम ।। अछामको चौरपाटी गाउँपालिकामा निर्माण गरिएका रिचार्ज पोखरी प्रभावकारी बन्ने गाउँपालिका अध्यक्ष हर्क बहादुर साउँदले अपेक्षा गर्नुुभएको छ । पछिल्लो समय सुक्दै गएका पानीका मुहानहरु जोगाईराख्ने उद्धेश्यले निर्माण गरिएका रिचार्ज पोखरी प्रभावकारी बन्ने गाउँपालिका अध्यक्ष साउँदले अपेक्षा गर्नुभएको हो । पानीका मुहान सुक्न थाले पछि चौरपाटी गाउँ पालिकाले रिचार्ज पोखरी निर्माण अभियान २०७६ संचालन गरेको थियोे । जलवायु परिवर्तनका कारण पछिल्लो समय पानीका मुहान सुक्दै जान थालेपछि मुहानहरु सुक्न नदिन चौरपाटि गाउँपालिकामा २ हजार रिचार्ज पोखरी निर्माण गरिएका छन । निर्माण गरिएका रिचार्ज पोखरीहरुमा बर्षातको पानी जम्मा हुदै गएको र यसको सकारात्मक प्रभाव केहि बर्षमा देखिने गाउँपालिका अध्यक्ष साउँदको भनाई छ । रिचार्ज पोखरी निर्माण गरिएको क्षेत्र आसपासमा पानी रसाउन थालेकोमा खुसी व्यक्त गर्दै अध्यक्ष साउँदले यस बर्ष थप योजना सँचालन गर्ने बताउनुभयो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here