काठमाडाैं ।। नेपालभन्दा बाहिर ‘नेपाल भ्रमण वर्ष २०२०’ को शूभारम्भ ४ जनवरी २०२० मा हुने भएको छ । सरकारले विदेशस्थित नेपाली दूतावास तथा नियोगलाई परिपत्र गर्दै यस्तो जानकारी गराएको हो । सन् २०२० जनवरी ४, शनिवारका दिन दूतावास, महावाणिज्य दूतावास, कन्सुलर, पर्यटन प्रतिनिधि तथा भ्रमण वर्षका सदभावना दूतको आयोजनामा भव्य शुभारम्भ समारोह आयोजना गर्न परिपत्र गरिएको छ । कार्यक्रममा सम्बन्धित देशका राष्ट्र प्रमुख, सरकार प्रमुख, मन्त्रीजस्ता विशिष्ठ अतिथिको सहभागिता सुनिश्चित गर्ने वातावरण बनाउनसमेत भनिएको छ । कार्यक्रमलाई बढीभन्दा बढी संचारमाध्यममा जाने व्यवस्था मिलाउन समेत नेपाली नियोगलाई आग्रह गरिएको छ । नेपालमा भने १ जनवरी २०२० मै भ्रमण वर्ष शूभारम्भ हुनेछ । नेपालमा आयोजना हुने भ्रमण वर्षको शुभारम्भ कार्यक्रममा समेत विदेशबाट विशिष्ट व्यक्तित्वलाई सहभागी गराउने सरकारको तयारी छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here