रौतहट ।। मधेशीको विकासमा सलेन्डर र कालेन्डरको आवश्यक्ता नरहेको माजवादी पार्टी रौतहटका नेताहरु भन्दै नेकपा सांसद प्रभु साह बिरुद्ध आक्रमक बनेका छन् ।
रौतहटको देवाही गोनाही नगरपालिकाको गोनाही बजारमा बुधवार आयोजित शुभकामना कार्यक्रमको क्रममा समाजवादी पार्टीका नेताहरु नेकपा सांसद साह बिरुद्ध कडा रुपमा प्रस्तुत भएका थिए । पछिल्लो समयमा नेता साह प्रदेश नम्बर २ सरकार र मधेशवादी नेता बिरुद्ध अभिव्यक्ति दिदै चर्चामा आएको हो ।
समाजवादी पार्टी देवाही गोनाहीले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाइ सम्बोधन गर्दै, देवाही गोनाही नगरपालिकाका नगर प्रमुख एवम् समाजवादी पार्टीका रौतहट जिल्ला अध्यक्ष धर्मेन्द्र पटेलले, नगरपालिका संचालन तथा विकासको बाधक यस क्षेत्रका सांसद प्रभु साह रहेको भन्दै आक्रोस व्यक्त गरेका थिए ।
नगरपालिका संचालनमा बारमवार धोखेवाजी गरि विकास निमार्णको बाधक बनेको मेयर पटेलले आरोप लगाए ।
कार्यक्रम स्थानीय नेता ब्रह्मदेव पटेलको अध्यक्षता तथा प्रदेश नम्बर २ का भुमि व्यवस्था तथा कृषि सहकारी राज्य मन्त्री योगेन्द्र राय यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा प्रदेश सासद राम किशोर यादव, अवदुल अजाद उर्पm फुलबाबु, उपसभापती राम असिस यादव, समाजवादी पार्टीका नेता रेवन्त झा, ब्रिज किशोर यादव, श्याम विहारी, राजकुमार दास, लगायतका नेताहरुले नेकपा सांसद साह माथि आक्रामक ढंगले प्रस्तुत हुनुभएको थिए । कार्यक्रमको संचालन जयनाथ यादवले गरेका थिए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here