रौतहट ।। रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर २ महादेवपट्टीमा बुधवार साझ गोली प्रहार भएको छ । नेपाल भारत सिमा क्षेत्रमा गोली प्रहारको घटना भएको हो । गोली प्रहारबाट एक जना घाइते भएका छन भने गोली हान्ने फरार भएका हुन ।
भारतबाट नेपालमा आएका भारतीय नागरिकले गोली प्रहार गरेका छन ! स्थानीय वीरेन्द्र साहको घरमा डेरा गरी बसेका भारत बिहार शिवहर जिल्ला आदापुर निवासी ४६ वर्षीय विजय साह बनिया घाइते भएको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ । घाइते कपडा व्यवसायी रहेको बुझिएको छ ।
कोखामा गोली लागेका बनियालाइ थप उपचारको लागि वीरगंज पठाइएको छ भने गोली हान्नेको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ । नेपाल भारत सिमा क्षेत्र बैरगनियामा भारतीय सुरक्षा बलले कड़ाईका साथ आम नागरिकलाइ चेकजाच गरिरहदा पानी भारतीय अपराधी समूह हथियार लिएर नेपालमा प्रवेश गरेको छ ।
दुवै मुलुकको सुरक्षाकर्मीलाइ खुल्ला चुनौती दिदै अज्ञात समूहले गोली हानेर फरार भएका हुन । हिन्दूहरुको पर्व छठको मुखमा गोली काण्ड भएकोले ट्रास्को बातावरण सृजना भएको छ । व्यापक रुपमा नेपाल र भारतमा सुरक्षाकर्मी परिचालन रहेको हुदा हुदै अपराधीले सहज रुपमा घटना गरी भारत तीर नै भागेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here