काठमान्डु ।। गोकर्ण ६ माकलवारीमा हिजो साँझ १८ वर्षका युवतीमाथी बलत्कार गरेको आरोपमा अनेरास्ववियूका केन्द्रीय सदस्य एवं आरआर क्याम्पसका स्ववियू सहसचिव इन्द्रहाङ राईलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त बौद्धले आज बिहान ६ बजे जोरपाटीबाट राईलाई पक्राउ गरेको हो । पीडित किशोरीको किटानी जाहेरीपछि राईलाईपक्राउ गरिएको बौद्द बृत्तका डिएसपी रमेश सिंहले जानकारी दिनुभयो । प्रहरीले युवतीको स्वास्थ्य परिक्षण गर्न परोपकार प्रसुती गृह लगेको छ । देउसी खेल्न बोलाएर राईले बलत्कार गरेको किशोरीले जाहेरीमा उल्लेख गर्नुभएको छ ।