रौतहट ।। शुभ दिपावली तथा लोक अस्थाका महाँ पर्व छठको पावन अवसरमा आयोजिता दोश्रो हाजरी जवाफ र व्यक्तीत्वकला प्रतियोगता भव्यताका साथ सम्पन्न भएको छ ।
रौतहट गढीमाई नगरपालिका वार्ड नं. ६ सिंगारवनको श्री आदर्श अधारभुत विद्यालयको प्रंगनमा प्र.अ. विशुन्दर यादवको अध्यक्षता स्थानिय शिक्षक शिवशंकर झा उर्फ संदिप झाको सहयोगमा दोश्रो हाजरी जवाफ र व्यक्तीत्वकला प्रतियोगता भव्यताका साथ सम्पन्न भएको हो ।
हाजरी जवाफ तर्फत जगदम्वा सदन, लक्ष्मी सदन, जानकी सदन, सरस्वती सदन, गढीमाई सदन, काली सदन गरि ६ गुरुपमा स्थानिय सिंगारवन र धर्मपुर गाउँका करिव ३० जनाको विद्यार्थीहरुको सहभागितामा सम्पन्न भएको थियो ।
सोमवार सम्पन्न प्रतियोगितामा सरस्वती सदनका विद्यार्थीहरुले १४ अंक लयाई प्रथम, जगदम्वा सदनले १२ अंक लयाई दोश्रो र गढीमाई सदनले ८ अंल प्राप्त गरि तेश्रो स्थान प्राप्त गरेको आयोजकले जनाएको छ । विजेता सवै सदनलाई आयोजकले किताव, कोपी र पेन गरि शैक्षिक समाग्रहरु पुरस्कार वितरण गरिएका थिए ।
त्यस्तै व्यक्तित्वकाला प्रतियोगिता अन्तरगर्त जम्मा १२ जनाका सहभागिता रहेको थियो । प्रथम अभिनास यादव, दोश्रो मोनिका साह, तेश्रो प्रति यादव र चन्दन पासवान भएका थिए । विजेता सवैलाई कोपी र डटपेन पुरस्कार दिएको आयोजक शिवशंकर झाले बताए ।
स्थानिय विद्यार्थीहरुको पढाई प्रति अभिरुचि बढाउने, शिक्षाको उचित मुल्यांकलन गराउने उदेश्यका साथ प्रत्येक वर्ष यस प्रतियोगितको आयोजना गरिएको आयोजक शिवशंकर झाले बताए ।
कार्यक्रममा यस वर्ष लोक सेवा आयोगबाट विभिन्न क्षेत्रमा गाउँका विद्यार्थीहरुले आफ्नो नाम निकाली स्थायी कर्मचारी बनेको लागि बधाई तथा सम्मान समेत गरेका छन् । सम्मानमा शिक्षकहरु अरविन्द यादव, भाग्य नारायण यादव, शिवशंकर झा, अहेव तर्फ अर्जुन यादव, दिलिप यादव, राजिव यादव र रामपुजना यादवलाई खादा र डायरी पेन बाट सम्मान गरेको स्थानिय राजनारायण यादवले जानकारी गराए ।
यस्ता कार्यक्रमले शिक्षकको स्तर वृद्धिमा अत्यधिक मद्दत पुग्ने प्र.अ. विशुन्दर यादवको तर्क थियो । कार्यक्रममा समाजवादी पार्टीका वडा अध्यक्ष प्रत्यासी शम्भु यादव, रामएकवाल राय यादव, विनय यादव, श्याम सुन्दर यादव, अरविन्द यादव, घनश्याम यादव, राजनारायण यादव, संजित यादव, विशुन्दत यादव, संचारकर्मी दिनेश संगम सहित गाउँका भर भलादामीको बाक्लो उपस्थिती रहेको स्थानिय रम्भू यादवले बताए ।