काठमाडाै ।। नेपाली काँग्रेसले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार टुङ्गो लगाउन पदाधिकारी बैठक बोलाएको छ । बैठक आज बिहान बस्नेछ । बैठक सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बस्दैछ । बैठकमा पदाधिकारीसँगै उपनिर्वाचन हुने प्रदेशमा पार्टीको राष्ट्रिय जागरण अभियानमा खटिएका प्रतिनिधिलाई पनि बोलाइएको छ । जिल्ला, प्रदेशसभा निर्वाचन क्षेत्र, र स्थानीय तहबाट पार्टीका सम्बन्धित निकायले सिफारिस गरी पठाएका नामावलीमाथि छलफल गरी नाम टुङ्गो लगाउन पदाधिकारी तहमा छलफल गर्न लागेको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा पदाधिकारी र उपनिर्वाचन हुने प्रदेशमा पार्टीको राष्ट्रिय जागरण अभियानमा खटिएका प्रतिनिधि सहितको बैठक बस्न लागेको पौडेलले बताउनुभयो । पदाधिकारी बैठकमा सहमति भएका विषयमा निर्णय गर्न काँग्रेसले यही कात्तिक १५ गते भोली दिउँसो १ बजे केन्द्रीय कार्यसमितिको बैठक पनि बोलाएको छ ।
काँग्रेसकाे पदाधिकारी बैठक बस्दै
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।