रौतहट ।। अफ्ताव आलम पक्राउ विरुद्धमा गौरमा नेपाली काँग्रेसका कार्यकर्ताले कालोपटीसहित प्रदर्शन गर्ने गरेका छन् ।
आज शुक्रबार रौतहट सदरमुका गौरमा पक्राउ परेका निलम्बीत साँसद मोहम्मद अफताव आलमलाई सरकारले १२ बर्ष अघिको झुठ्ठा मुुद्धामा फसाउन खोजेको भन्दै काँग्रेस निकट कार्यकर्ताले हजारौको सँख्यामा समर्थकहरु जुटाएर प्रदर्शन गरेका हुन् ।
अफताब आलम निर्दोष हुन, आलमलाई रिहा गर, जाथाभावी धरपकड बन्द गर, जस्ता प्लेकार्ड बोकी मुखमा कालोपाटी बान्धी हजारौ सख्यामा प्रदर्शनकारीहरु जुलुस निकालेका हुन् ।
नेपाली काँग्रेस जिल्ला कार्य समितिको निर्णयअनुसार आज शुक्रबार विहान ११ बजे भनिएपनि १२ बजेतर्फ प्रदर्शन गरिएको तरुण दल रौतहटका अध्यक्ष मो. नौसाद आलमले जानकारी दिए ।
आलमलाई असोज २६ गते प्रहरीले पक्राउ गरेपछि काँग्रेसले आपत्ति जनाउँदै आएको छ । यद्यपि, शुक्रबार भएको प्रदर्शन आलम निकट कार्यकर्ताको विशेष स्यमताका साथ मौन प्रदर्शन गरेको थिए ।
हजारौंको संख्यामा आएका आलम समर्थकले अफताब आलम जिन्दबाद , निर्दोष अफताबलाई रिहा गर, धाधली रहित निश्पक्ष छानबिन छिटो गर , निर्दोस फसाउन पाइदैन लिखित प्लेकार्ड बोकेर मौन जुलुस निकालेका हुन । मधेशी क्रान्ती चोकबाट शुरु गरिएको मौन जुलुस गौर नगर परिक्रमा गर्दै फेरी मधेशी क्रान्ति चौकमा कोन सभामा परिणत भएको थियो ।
असोज २६ मा इद्रिस गेट नजिकै बाट पक्राउ परेका आलमलाई १२ वर्ष अघि २०६४ चैत्र २७ गते राजपुरमा भएको बमविस्फोटको आरोप लागेको छ । अनुसन्धान गर्नका लागी प्रहरीले थप समय माँग गरेपछि जिल्ला अदालत रौतहटले ८ दिनको म्याद थप गरेको छ । जिल्ला न्यायधिश उमानाथ गौतमको इजलाशले आलमलाई आज तेश्रो पटक ८ दिनको लागी थुनामा राखि अनुसन्धान गर्नका लागी प्रहरीलाई म्याद प्रदान गरेको हो । जिल्ला अदालतले यस अघि उनलाई पहिलो पटक ७ र दोश्रो पटक ५ दिनको म्याद थप गरेको थियो ।
मेरो गिरफ्तारी राजनैतिक प्रतिशोध मात्र :- अफताव आलम








