।। इरानमा जारी एएफसी फुटसल च्याम्पियनसिप छनोटको अन्तिम खेलमा नेपालले आज अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । छनोटको सुरुवाती दुई खेलमा हार व्यहोर्दै प्रतियोगिताबाट बाहिरिसकेको नेपालले अफगानिस्तानसँग खेल्न लागेको हो । नेपाल र अफगानिस्तान विचको खेल नेपाली समय अनुसार दिउँसो ३ः१५ मा सुरु हुनेछ ।इरानको उर्मियामा अफगानिस्तानविरुद्ध प्रतिस्पर्धामा उत्रदा नेपाल सान्त्वना जीतको खोजीमा हुनेछ । छनोट पहिलो खेलमा नेपाल ताजिकिस्तानसँग ६–० र दोस्रो खेलमा उज्वेकिस्तानसँग ४–१ ले पराजित भएको थियो ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।