करिब एक सातादेखि विरोध प्रदर्शन भइरहेको चिलीको राजधानी स्यान्टियागोमा त्यहाँको अवस्था अनुगमन गर्नका लागि संयुक्त राष्ट्रसंघले मानवअधिकार विज्ञहरूको टोली पठाउने भएको छ । १८ जना मानिसहरूको मृत्यु भएकोे दाबी गरिएको उक्त प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीबीच पटकपटक दङ्गासमेत भएको थियो । राजधानी स्यान्टीयागो सहित चिलीका थुप्रै सहरमा गत शुक्रवारदेखि असमानता र मूल्य वृद्धि विरुद्ध विरोध प्रदर्शनहरू भइरहेका छन् । संयुक्त राष्ट्रसंघका मानव अधिकार प्रमुख तथा चिलीकी पूर्व राष्ट्रपति मिसेल ब्यासलेटले उक्त टोलीले मानवअधिकार हनन् सम्बन्धी आरोपहरूको परीक्षण गर्ने अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here