रौतहट ।। कानुनी राज्यको उपहासको रुपमा मेरा गरिफ्तारी रहेको अफताव आलमले आफ्नो गरिफ्तारीको १२ दिन पछि प्रतिक्रिया दिएका छन् ।
आज शुक्रवार नेपाल प्रहरी रौतहटले रौतहट जिल्ला अदालतमा तेश्रो पटक थुनामा राखी अनुसंन्धान गर्न म्याद थपको लागि लयाएको अवस्थामा पत्रकारहरु संगको संक्षिप्त कुराकानीमा, निलम्वीत सांसद अफताव आलमले, आफ् राजनैतिक प्रतिशोधको सिकार बनेका बताए ।
कानुन राज्यको धजी उडाउदै, विधिको सासनको परिपालन गर्ने राजनैतिक पार्टीका नेतालाई, हुदै नभएको घटनाको आरोपमा पक्राउ गरेको उनको प्रतिक्रिया रहेको थियो ।
जिल्ला अदालतका न्यायाधीश केशव कुमार पाण्डेले सांसद आलमलाई ८ दिनको म्याद थपको आदेश गरेका हुन्।
आलमलाई असोज २६ गते वि.सं. २०६४ चैत्र २७ गेत राजपुरमा बम विस्फोट गराई घाईतेहरुलाई चिमनी भठ्ठामा जिउदै जलाएको आरोपमा जिल्ला प्रहरी कार्यालय रौतहटले पक्राउ गरेको हो ।