पर्वत ।। पर्वतको फलेवास नगरपालिका ४ मुडिकुवामा रहेको गहते अम्बोट आधारभूत विद्यालयले तिहारको अवसरमा देउसी भैलो कार्यक्रम गरेको छ । विद्यालयको शैक्षिक उन्नतिको लागि लागि विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावकहरुको उपस्थितिमा हिजोदेखि देउसी भैलो कार्यक्रम सुरु गरेको हो । विद्यालयको गुणस्तरीय शिक्षाको लागि शैक्षिक सामग्री व्यवस्थापन गर्न र विद्यालयको चौतर्फी विकासकोे लागि संकलन भएको रकम प्रयोग गरिने शिक्षक मोति प्रसाद चुवाईले जानकारी दिनुभयो । विद्यालयमा अंग्रेजी र नेपाली दुबै माध्यमबाट पठनपाठन भएको र पछिल्लो समय विद्यार्थी सङ्ख्यामा पनि वृद्धि भएको बताउदै गुणस्तरीय शिक्षामा जोड दिने विद्यालयले जनाएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here