रोल्पा ।। तिहारका लागि घर रङ्गाउने कमेरो खन्ने क्रममा आएको पहिरोमा परी रोल्पामा एक किशोरीको मृत्यु भएको छ । रोल्पा नगरपालिका–३ कमिरेधारामा हिजो घर पोत्ने कमेरो खन्ने क्रममा माथिबाट झरेको माटोको ढिस्कोले पुरिदा १८ वर्षका किशोरी पवित्रा सेनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरिक्षक चित्रबहादुर गुरुङका अनुसार घटनामा सोही ठाउँकी २२ वर्षका कर्मा रोका घर्ती र २२ वर्षका स्यानी घर्ती घाइते हुनुभएको छ । उद्धारपछि घाइतेको उपचार भइरहेको प्रहरीले बताएको छ । घटना भएको ठाउँ निकै जोखिमयुक्त रहे पनि स्थानीयवासीले दशैँ तिहारमा घर रङ्गाउने कमेरो सोही ठाउँबाट खन्दै आएका छन् । गत वर्ष पनि दशै तिहारको बेला कमेरो माटो खन्ने क्रममा एकजनाको मृत्यु भएको थियो ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।