काठमाडाैं ।। अब स्थानीय तहले नै रोजगार संयोजक छनोट गर्न पाउने भएका छन् । सरकारले रोजगारीको हक सम्बन्धी नियमावली २०७५ को पहिलो शंशोधन स्विकृत गरेसंगै रोजगार संयोजक स्थानीय तहले नै छनोट गर्ने बाटो खुला भएको हो । यसअघि केन्द्रले नै रोजगार संयोजक छनोट गर्न पाउने नियमावलीमा व्यवस्था भएकाले शंशोधन गरेर छनोट गर्ने अधिकारी स्थानीय तहलाई दिइएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव विनोद केसीले सीआइएनसंग बताउनुभयो । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत सात सय ५३ वटै स्थानीय तहमा रोजगार संयोजक रहने व्यवस्था गरेको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।