एजेन्सी ।। पछिल्लो समयमा मानिसहरुमा टिकटकको लोकप्रियता बढी नै छ । यो एपबाट प्रयोगकर्ताहरुले लिप–सिङ्क गर्दै आफुले नाचेको , रमाइलो गरेको भिडियोहरु सेयर गर्ने गर्छ । विभिन्न किसिमबाट बनाइएका भिडियोहरु सजिलैसँग भाइरल भइहाल्छ । बेइजिङमा रहेको स्टार्टअप बाइटडान्स शुरु गरेको एपले चीनका अन्य स्थापित सोसल मिडिया प्लाटफर्म जस्तै , टेनसेन्टको विच्याट , सिना वेइवो र अलिबाबाको योउकुलाई पनि पछि पार्न सफल भएको छ । । टिकटक भिडियो बनाएर राख्दा तीव्र रुपमा सामाजिक सञ्जालमा भाइरल भइहाल्छ ।
यस्तै अहिले एयटा भिडियो भाइरल भएको छ । उक्त टिकटक भिडियोमा एक युवतिले आफनो काला देखाइरहेकी हुन्छिन् । जति उनको कलाले भिडियो चर्चामा आएन त्यति त्यो भिडियोमा देखिएको दृश्यले सबैको ध्यान तान्नुका साथै सबैलाई चकित पारेका छन् ।
त्यो युवतिले भान्सा कोठामा नाचदै आफनो भिडियो बनाइरहेका बेला उनको पछाडि रहेको सिसामा एक छाया देखिन्छ । उक्त छायालाई भुत रहेको बताइरेको छ । त्यो छाया देखेर युवती पनि डराएको देखिन्छ ।

भिडियो अपलोड गर्दै ती युवतीले लेखेकी छन्, ‘यो भिडियोमा म एक्लै छैन । मरो साथमा यहाँ अरु कोही पनि छन् । तर, मलाई थाहा छैन, को छ भनेर ।’
यो भिडियोलाई ७० लाखभन्दा बढीले हेरेका छन् ।

Loading...