फाइल फोटो

लण्डन ।। बेलायती सांसदहरुले प्रधानमन्त्री बोरिस जोनसनले बे्रक्जिट सम्बन्धी विधेयक तीन दिनभित्र समीक्षा गर्न राखेको प्रस्तावलाई अस्वीकार गरिएको छ । हाउस अफ् कमन्समा सांसदहरुले बे्रक्जिट विधेयकलाई समर्थन गरेपछि त्यसको समीक्षाका लागि दिईएको छोटो समयमा विधेयकको विपक्षमा मतदान गरेका हुन् । मतदानपछि युरोपियन युनियन काउन्सिलका अध्यक्ष डोनाल्ड टस्कले ईयूका नेताहरुले अक्टोबर १ को बे्रक्जिटको म्यादलाई थप गर्न सिफारिस गर्ने सुझाव दिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहले जनाएको छ । प्रधानमन्त्री जोनसनले भने अक्टोबर महिना भरीका लागि बेक्जिटको म्याद थप गर्न चाहेको बताउनुभएको छ । युरोपियन आयोगका एक जना अधिकारीले भने प्रधानमन्त्री जोनसनको म्याद थप्ने प्रस्ताव आएमा ईयूको काउन्सिल बैठकमा छलफलका लागि लैजाने बताउनुभएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here