लण्डन ।। राहदानी वा रकम दिनुअघि म्यानपावर कम्पनी बैध भए नभएको परिक्षण गर्न बैदेशिक रोजगारीका लागि जाने युवाहरुलाई बैदेशिक रोजगार विभागले आग्रह गरेको छ । वैदेशिक रोजगार ऐन बमोजिम धरौटी बृद्धि गर्न नसकेर खारेजीमा परेका संस्थाले अझै पनि वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी ठग्ने र रकम संकलन गर्ने काम गरिरहेको पाइएकोले सचेत रहन नागरिकलाई विभागले यस्तो आग्रह गरेको हो । विभागले पटकपटक पत्राचार र सार्वजनिक सूचना गरी कारोबार बन्द गर्न तथा सम्बन्धित व्यक्तिको राहदानी र लिएको रकम फिर्ता गर्न अनुरोध गर्दा पनि अटेरी गर्नेलाई विभागले कारवाही गर्ने विभागका महानिर्देशक डाक्टर भिष्मकुमार भुसालले सीआईएनसंग बताउनुभयो । वैदेशिक रोजगार ऐन, २०६४मा भएको परिमार्जित व्यवस्था बमोजिम धरौटी रकम मध्ये तोकिएको समयसीमा भित्र बैंक ग्यारेण्टी दाखिला गर्ने इजाजतपत्रवाला संस्थाको संख्या आठ सय ८४ रहेको छ ।
राहदानी वा रकम दिनुअघि म्यानपावर कम्पनी बैध भए नभएको परिक्षण गर्न बैदेशिक रोजगार विभागको आग्रह
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।