काभ्रे ।। रोशी कृषक सञ्जालद्वारा ऐतिहासिक बृहत रोशी कृषक सम्मेलन सम्पन्न भएको छ । रोशी गाँउपालिकाको आयोजनामा “कृषि पेशा सबै भन्दा माथि, रोशी कृषक सञ्जाल कृषकको साथी” भन्ने मुलनाराका साथ रोशीको मंगलटारमा सम्मेलनको आयोजना गरिएको थियो । रोशी गाउँपालिकाको “समृद्ध रोशी” को सपनालाई साकार पार्न कृषि क्षेत्रमा देखिएका अवसर, चुनौति तथा सम्भावनालाई सबै सरोकारवालाहरु समक्ष पु¥याई समाधानको उपायहरु खोजी गर्ने उद्देश्यका साथ कार्यक्रम गरिएको हो ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।