सिन्धुपाल्चोक ।। सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–२ कुञ्चोकमा उत्पादित सिस्नुका पाउडरलाई बान्ड नाम दिएर बजारीकरण गर्ने अभियानमा महिलाहरू सक्रिय भएका छन् । गाउँमै गरिएको सिस्नु खेतीबाट भएको उत्पादनलाई अर्गानिक ब्रान्ड बनाएर बिक्री गर्नका लागि महिलाहरू एकजुट भएका छन् । कुञ्चोकका महिलाहरूले बाँझो खेर गइरहेको जग्गा तथा करेसाबारीमा सिस्नु खेती गरेका छन् । जौडाँडा महिला बहुउद्देश्यीय सहकारी संस्थाका सदस्यहरू खेतबारीका केही भागमा सिस्नुलाई व्यवसायिक रूपमा लगाएका हुन् । सुरुमा सिस्नु खेती गर्दा गाउँलेले गिज्याए पनि अहिले यसले व्यावसायिक रूप दिएपछि अन्य महिला दिदीबहिनीहरू पनि यसतर्फ आकर्षित भएका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here