चितवन ।। चितवनको माडी नगरपालिकाले बाख्रा पालक किसानलाई उत्पादनको आधारमा प्रतिकिलो २५ रुपैयाँ अनुदान दिने भएको छ । बाख्रापालन व्यवसायमा किसानलाई थप आकर्षित गर्न नगरपालिकाले अनुदान दिन लागेको हो । अनुदान दिनका लागि नगरपालिकाले कार्यविधि निर्माण गरिरहेको छ । बाख्रापालन गर्ने किसानको समूहलाई १० लाख रुपैयाँ बिउ पूँजी प्रदान गर्ने माडी नगरप्रमुख ठाकुर प्रसाद ढकालले बताउनुभयो । परम्परागत रुपमा बाख्रापालन गर्दै आएका माडीका किसानहरु पछिल्लो समय व्यवसायीक बाख्रापालनमा आकर्षित भएका छन् । माडी नगरपालिकाको दक्षिणी क्षेत्र बाख्रापालनका लागि उपयुक्त मानिन्छ । माडी नगरपालिका–७ देवेन्द्रपुरमा माडी एग्रो फर्म संचालन गरेका निलकण्ठ काफ्लेले माडीमा बाख्रापालनको सम्भावना निकै राम्रो रहेको बताउनुभयो । नगरपालिकाले दिने अनुदानबाट किसानले बाख्रा खरिद गरेर व्यवसायीक बन्न मद्धत पुग्ने नगरपालिकाले विश्वास लिएको छ । बाख्रापालन व्यवसायमा किसानको आकर्षण दिनप्रतिदिन बढ्दै गएको माडी नगरपालिका पशुपंक्षी शाखा प्रमुख मोहनदत्त रानाभाटले बताउनुभयो । नगरपालिकाले प्रतिकिलो २५ रुपैंयाँ अनुदानको व्यवस्था गरेपछि थप राहात भएको छ । माडी नगरपालिकाले किसानका लागि अनुदानका कार्यक्रम ल्याएर स्थापित हुन मदत गरेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here