जुम्ला ।। खेतिको काम सकिएपछि सिंजा क्षेत्रका युवाहरुको भारत जाने लर्को लागेको छ । एकै दिनमा करिव ७ देखि १२ जना भन्दा बढी युवाहरु काम खोज्न भारत जान थालेका छन् । अधिकांश नेपालीहरुले भारतको सिमला र काला पहाडमा कामका लागि जाने गरेको बताउँछन् । हरेक वर्ष धान रोपाइँ लगायतका खेतिको काम सकिएपछि हजारौं नेपाली युवाहरु काम खोज्न भारत जाने र चाडपर्वका बेला फर्किने परम्परा जस्तै बनिसकेको छ । जुम्ला लगायत कर्णाली प्रदेशका युवाहरुले गाउँमा रोजगारी नभएको भन्दै भारत जान थालेको सिंजा गाउँपालिका ३ धितालिहीका मनोप्रसाद धितालले बताउनुभयो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here