जुम्ला ।। सूचना र प्रविधिको क्षेत्रमा भएको विकास र विस्तारले हुलाक मार्फत सेवा लिनेको संख्या घट्दै गएको छ । समय अनुसार परवर्तन गर्न नसक्दा गाउँमा भन्दा शहरी क्षेत्रमा यसको प्रभाव कम हुन थालेको हो । तर, सरकारी कामका लागि हुलाक मार्फत नै सूचना पु¥याउनु पर्ने भएकाले हुलाक मार्फत हरेकले सेवा लिइरहेका छन् । हुलाक मार्फत सेवा लिनेको संख्या घट्दै गएपछि हुलाकका कार्यरत कर्मचारी पनि फुर्सदिला बनेका छन् । पहिलेको तुलनामा अहिले हुलाक मार्फत सेवा लिनेको संख्या निकै न्यून रहेको जिल्ला हुलाक कार्यालय जुम्लाका प्रमूख रामलाल प्याकुरेलले बताउनुभयो ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।