काठमाडाैं ।। वुमन च्याम्पियन्स लिग (डब्लुसिएल) अन्तर्गत ईलिमिनेटर राउण्डमा आज विराटनगर टाईटन्स र क्याट क्विन्स काठमाडौंबीच प्रतिस्पर्धा हुँदैछ । शीर्ष तीन भित्र रहँदै दुवै टोली एलिमिनेटर राउण्डमा प्रतिस्पर्धा गर्न लागेका हुन् । विजेता टिमले सिधै फाईनलमा स्थान बनाउने छ । खेल काठमाडौंको कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहान साढे ११ बजेबाट सुरु हुनेछ । काठमाडौं टिम रुबिना क्षेत्रीको कप्तानीमा मैदानमा उत्रनेछ । विराटनगर टिम सरिता मगरको कप्तानीमा मैदानमा उत्रनेछ । रुबिना नेतृत्वको काठमाडौंलाई पराजित गर्दै विराटनगर समेत फाईनलमा स्थान बनाउन चाहन्छ । विजेता टिमले उपाधिका लागि चितवन राईनोजसँग प्रतिस्पर्धा गर्नेछ । चितवन तालिकाको शीर्ष स्थानमा रहँदै प्रतियोगिताको फाईनल प्रवेश गरिसकेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here