रौतहट ।। समाजवादी पार्टी नगर समिति राजदेवी रौतहटले विभिन्न १५ बुँदे मांग राख्दै राजदेवी नगरपालिकाका मेयर धीरेन्द्र कुमार सिंहलाइ सोमबार ज्ञापन पत्र बुझाएका छन ।
नगर अध्यक्ष रामेश्वर प्रसाद यादवको नेतृत्वमा गएका पार्टीका निर्वा्चित वड़ा अध्यक्ष तथा नगर समिति सदस्यहरुको टोली नगर प्रमुख सिंहलाइ १५ दिन भित्र मांग पूरा हुनु पर्ने समय सहित ज्ञापन पत्र बुझाएका हुन । जनतालाई गुमराहमा पारी अपारदर्शी ढंगबाट कार्य गर्दै रहेको भन्दै पारदर्शी रुपमा हिसाव किताब सार्वजानिक हुनु पर्ने मांग गर्दै ज्ञापन पत्र बुझाइएको नगर अध्यक्ष यादवले बताएका छन ।
निर्धा्रित समयमा मांग सम्वोधन नगरिएमा चरण बद्ध रुपमा आंदोलन गरिने समेत ज्ञापन पत्र मार्फत चेतावनी दिइएको छ । ज्ञापन पत्रमा छानविन गर्नु पर्ने विषयहरु गएको आर्थिक वर्षको सम्पूर्ण आय व्ययको विबरण जनता माझ सार्वजानिक गरिनु पर्ने , नगरपालिकाबाट खरीद गरिएको ट्रिपर , रोलर ,डोजर , ग्रेडर मेसिनको प्रयोग के कुन ठाउमा गरिएको , आएको आमदनी कहा रहेको छ सो को सार्वजानिक गरिनु पर्ने , बागमती नदी कटान नियंत्रण गर्न के कटी खर्च भएको , प्रत्येक वर्ष विद्यालयमा जाने खाजा भत्ताको रकम कुन कुन विद्यालयमा के कतीको दरले गएको सो सार्वजानिक गर्नु पर्ने , बाढ़ि पीड़ितको लागि खरीद गरिएको रहत सामग्रीको प्रक्रिया , हैण्ड पाइप जडान कुन प्रक्रियाबाट गरिएको कति खरीद भएको सो रकम सार्वजानिक गर्नु पर्ने मांग गरिएको छ ।
नगरपालिकामा चालक , पियन , नगरप्रहरी लगायत अन्य प्रशासनिक कर्मचारीहरुको नियुक्ति कुन प्रक्रियाले गरिएको , मेयर र उपमेयरले ईंधन कति खर्च गरेको , राजदेवी नगरपालिका ७ दलित वार्डमा ५ लाखको स्वीकृत बजेट दोस्रो पटक उपभोक्ता समिति गठन गरी खर्च गरिएको विबरण , नगरपालिकामा कर्मचारी भर्ना ,नियुक्तिको लागि स्थानीय सरकार सञ्चालन निर्दे्शिका विपरीत राजनितिक दलका व्यक्तिलाइ राखिएको मा खारिज गरिनु पर्ने ज्ञापन पत्रमा उल्लेख रहेको छ ।
ज्ञापन पत्र बुझ्दै नगर प्रमुख सिंहले मांग अनुसारको कार्य गर्ने प्रतिवद्धता जनाएका छन । नेपाली कांग्रेसका नगर प्रमुख रहेका सो नगरपालिकामा समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालका बहुमत रहेको छ ।