रौतहट ।। प्रदेश २ सरकारका मुख्यमंत्री मोहमद लालबाबू राउत गद्दीले संघीय सरकारका शिक्षा विज्ञानं प्राविधि मंत्री गिरिराजमणि पोखरेलले शिक्षा माफिया सित मिलेर शिक्षाको अवस्था धरासाहि बनाएको आरोप आरोप लगाएका छन ।
रौतहट जिल्लाको बौधिमाई नगरपालिका अन्तर्गत सरमुजवामा समाजवादी पार्टीको नगर कार्य समिति द्वारा शुभकामना आदान प्रदान तथा साइकल वितरण कार्यक्रममा प्रमुख आतिथिको आसन्नबाट सम्वोधन गर्दै संघीयता विरोधी नेकपा सरकारका शिक्षा मंत्री पोखरेलले प्रदेश सरकारले गर्नु पर्ने कार्य संघीय सरकारले प्रयोग गर्दै आएकोले शिक्षाको अवस्था धरासी भएको टिपण्णी गरे ।
उहाले मानव सूचकांक , शिक्षा र स्वास्थ्यमा पछि रहेको प्रदेश २ लाइ अझ पछिड़ि धकेलने दुष्प्रयास भैरहेको बताए । कृषि प्रधान प्रदेश २ रहेको जिकिर गर्दै मुख्यमंत्री राउतले भने संघीयतालाइ समाप्त पर्ने ठूलो सडयंत्र संघीय सरकारले गरिरहेको छ । बजेटमा विभेद ,कर्मचारी आपूर्ति नगर्नु , समयमा बजेट नदिनु संघीयता कमजोर बनाउनु रहेको उहाको ठहर रहेको छ ।
शोषण उत्पीड़नमा परेको वर्ग समुदाय मधेशी मुस्लिम आदिवासी जनजातिको अधिकार संरक्षण गर्ने एक मात्र पार्टी समाजवादी पार्टी रहेको धरना राख्दै आगामी समयमा संघीय सरकारमा समाजवादी पार्टीको नेतृत्व हुने समेत ठोकूवा गरे । नेकपा र नेपाली कांग्रेस वर्षो देखि शासन गरे पनि मधेशी जनजाति थारू मुस्लिम समुदायको हकÞ अधिकारको सवाल केहि गर्न नसकेको बताए ।
प्रदेश सरकारलाइ केंद्रीय सरकारले ३० प्रतिशत बजेट दिनु पर्नेमा नियत बस १५ प्रतिशत बजेट दिने गरेको उल्लेख गरे । प्रदेश सरकार बेटी बचाऊ बेटी पढ़ाउ अभियान महिला हरुको अधिकार सुरक्षित गर्नको लागि सञ्चालन गरेको बताए । छोरी नभए समाज नचल्ने भएकोले छोरीलाई बचाउनु सवैको कर्तव्य भएको जिकिर गरे । उहाले समाजमा रहेको बेटी प्रतीकों विभेद समाप्त पर्दे समतामूलक समाज निर्माण गर्ने प्रदेश सरकारले अठोट गरेको भने अव कोही छोरी गरीव अशिक्षित हुदैन सवै लखपति भएर जन्मिन्छ । बेटी प्रदेश सरकारको आन बान ,शान र बरदान रहेको छ ।
कार्यक्रममा प्रदेश सरकारका भूमि व्यवस्था ,कृषि तथा सहकारी मंत्री शैलेन्द्र प्रसाद साहले प्रदेश सरकारले किसानको लागि विशेष पैकेज ल्याउने बताएका छन । किसानको लागि सहज विउ ,मलखाद आपूर्ति गर्ने योजना निति बनाएको उल्लेख गरे ।
कृषि उपकरण सिचाई तथा कृषि उत्पादनलाइ व्यवस्थित गरिने प्रदेश सरकार तत्पर रहेकोले कोही किसानको समस्या नहुने विश्वास व्यक्त गरे । प्रदेश सभा २ ख का प्रदेश सदस्य राम किशोर यादवले नेकपाका प्रतिनिधि सभा सदस्य प्रभु साहलाइ सरकारको बजेट दुरूपयोग गर्ने भ्रस्टाचारी रहेको आरोप लगाए ।
काम नै नगरी अरुले गरेको काम चोरी गर्ने गरेको भन्दै जनताले आगामी दिनमा परिणाम दिने बताए । नेपाली कांग्रेसका महमद आफताव आलम प्रति लक्षित गर्दै सांसद यादवले आफ्नो स्वार्थको लागि १३ जनाको जिउदै जलाएको टिपण्णी गर्दै गरेको कार्यको परिणाम पाइरहेको बताए ।
हृदय नारायण यादवको सभापतित्वमा भएको सो कार्यक्रममा प्रदेश सांसद अव्वल कलम आजाद , केंद्रीय सदस्य रामेश्वर प्रसाद यादव , प्रदेश समिति सदस्य ब्रिज यादव , जिल्ला सह इंचार्ज तथा माधव नारायण नगरपालिकाका प्रमुख वीरेन्द्र यादव , देवाही गोनाही नगरपालिकाका प्रमुख वीरेन्द्र यादव लगायतका नेताहरुले शुभकामना मंतव्य राखेका थिए । कार्यक्रममा शंकर माध्यमिक विद्यालयका कक्षा आठमा अध्यनरत ७२ जना बालिकहरुलाई साइकल वितरण गरिएको थियो ।
Home प्रदेश समाचार मधेश प्रदेश शिक्षा मंत्री गिरिराज मणी पोखरेलका कारणा शिक्षा धरासी :- मुख्य मंत्री राउत
शिक्षा मंत्री गिरिराज मणी पोखरेलका कारणा शिक्षा धरासी :- मुख्य मंत्री राउत
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।