जनकपुर ।। प्रदेश २ को लोकसेवा आयोगमा नियुक्त दुई जनालाई आज सोमवार पद तथा गोपनियताको शपथ ग्रहण गराईएको छ । राष्ट्रिय जनता पार्टी नेपालको सिफारिसमा महोत्तरीको एकडारा ४ घर भएका महारद्र झा र नेकपाको सिफारिसमा राजविराजका ड. सुजाता देविलाई नियुक्ति गरिएको छ । उक्त सपथग्रहणमा प्रदेश २ का मुख्य मन्त्री लालबाबु राउत , सभामुख सरोज कुमार यादव , आर्थिक मामिला तथा योजनामन्त्री विजय कुमार यादव ,नीति आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा जस्ता व्यक्तिहरुको उपस्थिति थिए । यस अघि आयोगको अध्यक्षमा समाजवादी पार्टीको सिफरिसमा सुरेन्द्र यादवलाई नियुक्त गरिएको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here