जनकपुरधाम ।। धनुषाको जनकनन्दी गाउँपालिकामा रहेको एक विद्यालयको पर्खाल भत्किँदा एक बालिकाको मृत्यु भएको छ ।
गाउँपालिकाको वडा नम्बर ४ खजुरीमा रहेको श्री केएसएचबी माध्यमिक विद्यालयको इसीडी कक्षा कोठाको पर्खाल आज दिउँसो भत्किँदा ७ वर्षका चञ्चला सदाको मृत्यु भएको इलाका प्रहरी कार्यालय खजुरीका प्रहरी निरीक्षक राजन थापाले जानकारी दिनुभयो ।
१५÷१६ जना बालबालिका रहेको इसीडी कक्षामा बालबालिका पढ्दै गरेको समयमा एक्कासी पर्खाल भत्किँदा त्यसमा च्यापिएर घाइते भएका सदाको उपचारका लागि जनकपुर अञ्चल अस्पताल पु¥याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको उहाँले बताउनुभयो । पर्खालले च्यापिएर खजुरीकै ६ वर्षका बालक मोहम्मद समीर साफी गम्भिर घाइते भएका छन् । घाइते बालक साफीलाई थप उपचारका लागि विराटनगर अस्पताल लगिएको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।