काठमाडाैं ।। नयाँ सभामुखको उम्मेदवार टुंगो लाग्न नसक्दा रिक्त सभामुख चयन प्रक्रिया अन्योलमा परेको छ । नेकपाले उम्मेदवार टुङगो नलगाउदा सभामुख चयन प्रक्रिया निश्चित हुन सकेको छैन । संविधानको धारा ९१ ले सभामुख र उपसभामुखमध्ये एकजना महिला र फरक दलको प्रतिनिधी हुनुपर्ने उल्लेख गरेको छ । त्यसबमोजिम सभामुख पनि नेकपाले लिने भएमा उपसभामुखले राजीनामा दिनुपर्ने अवस्था आउँछ । नेकपाले सभामुख लिने निर्णय गरिसकेको छ । सभामुख नेकपाले लिएमा उससभामुखले राजीनामा दिनुपर्ने अवस्था आउनेछ । सीआईएनसँग कुराकानी गर्दै नेकपाका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सभामुख वा उपसभामुख मध्ये एक पदमा मात्र आफ्नो पार्टीको दावी हुनेमा कुनै विवाद नभएको बताउनुभयो । पूर्व सभामुख तथा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले उपसभामुख शिवमाया तुम्वाहाम्फेलाई सभामुखका लागि अघि सार्नु भएको छ । तर, त्यस कुरालाई माओवादीतर्फका नेताले असहमति जनाएका छन् । पूर्व माओवादीतर्फका नेताले पूर्व माओवादीतर्फ बाटैका सांसदबाट सभामुख बनाउनुपर्ने अडान लिइरहेको स्रोतले बताएको छ । पूर्व एमालेले अब नेकपा मात्रै रहेकाले पूर्व एमाले, माओवादी भनेर अडान राख्न नहुने बताएका छन । पूर्व सभामुख ओनसरी घर्तीका तर्फबाट पनि लबिङ सुरु भएको छ । यसबाहेक अन्य सांसदमा लेखराज भट्ट, अग्नी सापकोटाको कुरा पनि चर्चामा छ । कृष्णबहादुर महरालाई संसद्को स्वास्थ्य शाखाकी कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोप लागेपछि असोज १३ गते उहाँले सभामुख पदबाट राजीनामा दिनु भएको थियो । पुसको अन्तिम साता हिउँदे अधिवेशन बोलाउने योजना भए पनि सभामुखको निर्वाचनका लागि मंसिरमा नै अधिवेशन बोलाउने तयारी छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here