रौतहट ।। तत्कालीन संघिय समाजावदी पार्टी नेपाल र नयाँ शक्ति पार्टी एकीकरण पश्चात रौतहटको समायोजन कार्यक्रम विरोधको बाबजुद सम्पन्न भएको छ ।
सदरमुकाम गौरमा आयोजित समायोजन कार्यक्रम अनाधिकारी पदाधिकारी चयन गरेको भन्दै विन्देश्वर यादव सहितको समुहले बहिस्कार गरे पनि धर्मेन्द्र पटेलको अध्यक्षमा ६१ सदस्यीय समाजवादी पार्टीको जिल्ला कार्य समिति गठन गरिएको छ ।
समायोजन कार्यक्रम समाजवादी पार्टी प्रदेश नं. २ का प्रदेश अध्यक्ष तथा आर्थिक योजना मन्त्री माननीय बिजय यादवको प्रमुख आतिथ्यमा भएको थिए । कार्यक्रममा केन्द्रिय सदस्य, युवा संघका केन्द्रिय अध्यक्ष तथा प्रदेश नं. २ का भूमि व्यवस्था तथा कृषि सहकारी राज्यमन्त्री माननीय योगेन्द्र यादव लगायतको उपस्थिति रहेको थियो ।

यता पार्टीको विधान विपरित पदाधिकारी चयन गरेको, मनमानी तरिकाले पार्टी संचालन गर्न खोजेको भन्दै विन्देश्वर यादवको समुहले विरोध गर्दा कार्यक्रम तनावपुर्ण बनेको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here