रौतहट ।। आफ्ना सांसद प्रमोद साहको ग्रिफतारी पछि राष्ट्रिय जनता पार्टी राजपाका नेता कार्यकर्ता आन्दोलीत बनेका छन् ।
सर्लाही निर्वाचन क्षेत्र १ बाट निर्वाचित प्रमोद साहको रिहाइको माग गर्दै राजपा नेपालको निकट विधार्थी नेता, कार्यकर्ताहरुले रौतहटको गौरमा प्रदर्शन गरेको छ ।
मंगलबार प्रतिनिधिसभा सदस्य प्रमोदकुमार साहलाई जनकपुर बिमानस्थलमा रहेको बुद्ध एयरको काउन्टरमा तोडफोड गरेपछि आरोपमा प्रहरीले पक्राउ गरेको थियो ।
राजपा नेपाल निकटका बिधार्थी नेताहरु ओमप्रकाश साह मधेशीयाको नेतृत्वमा सदमुकाम गौरको मधेशीक्रान्ति चौकमा टायर वाली प्रदर्शन गरेका छन् । नेता ओमप्रकाश साहले आफ्नो नेतालाई तत्काल रिहा नगरे कडा मधेशी आन्दोलनको शुभारम्भ हुने चेतावनी दिए ।
सांसद साहको रिहाईको मागँ गर्दै मधेशीका हरेक जिल्लामा आन्दोलन छिरेको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।