सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज चियापान कार्यक्रम गर्दैछ । वडादशैं, तिहार, नेपाल संवत, छठलगायत पर्वका अवसरमा आज शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रम आयोजना गरिएको छ । काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरिने शुभकामना तथा चियापान कार्यक्रममा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का नामबाट निमन्त्रणापत्र पठाइसकिएको छ । दिउँसो १२ बजेदेखि चियापान कार्यक्रम सुरु हुनेछ । कार्यकर्तादेखि विशिष्ठ पाहुनासम्मलाई समय तोकिएको छ । ५० हजारलाई निम्ता दिइएको र एक लाख सहभागि हुने अपेक्षा रहेको नेकपाले जनाएको छ । ३ बजेसम्म पार्र्टीा नेता, कार्यकर्ता तथा आम जनसमुदायलाई र अपराह्न ३ बजेदेखि ५ बजेसम्म विभिन्न राजनीतिक दलका नेता, मन्त्री तथा सांसद, संवैधानिक अङ्गका पदाधिकारी, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, सरकारका उच्चपदस्थ पदाधिकारी, सेवानिवृत्त पदाधिकारीलाई आमन्त्रण गरिएको नेकपाले जनाएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here