काठमाडाै ।। चाडपर्वमा उपभोक्तामाथि ठगी गर्ने १ सय ७४ व्यावसायीलाई वाणिज्य विभागले कारबाही गरेको छ । नयाँ आर्थिक वर्ष सुरु भएपछि मात्रै जरीवाना वापत विभागले कारबाही गर्दै २४ लाख ४७ हजार रुपैयाँ जरिवाना सङ्कलन गरेको विभागका महानिर्देशक योगेन्द्र गौचनले जानकारी दिनुभयो । विभागले साउनदेखि असोज २३ गतेसम्म ४ सय १ वटा व्यवसायमा अनुगमन गरेको थियो । जसमध्ये १ सय ७४ पसललाई जरिवाना, ४५ पसललाई सिलबन्दी तथा रोक्का, ९ वटा पसलबाट नमूना सङ्कलन गरिएको छ । यस्तै २ सय २२ वटालाई स्पष्टीकरण सोधिएको तथा २ वटा व्यवसायमाथी कालो बजारी अभियोगमा मुद्दा दायर गरिएको विभागले जनाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आफू ठगिएको सूचना दिन उपभोक्ता गुनासो कक्षा सञ्चालनमा ल्याउने भएको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।