काठमाडाै ।। सिंहदरबारको उत्तर, पूर्व र दक्षिण मोहडामा प्रबलीकरण कार्य भइरहेकोमा पश्चिम मोहडाको प्रवलीकरणका लागि पनि ठेक्का सम्झौता भएको छ । प्रवलीकरण कार्यान्वयनको जिम्मेवारी लिएको प्राधिकरणअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) र शर्मा–गौरी पार्वती–न्यू टेक्निकल जेभीबीच हिजो सम्झौता भएको हो । सम्झौतामा इकाईका तर्फबाट आयोजना निर्देशक नवराज प्याकुरेल र जेभीका तर्फबाट लक्ष्मी प्रसाद सुवेदीले हस्ताक्षर गर्नुभयो । जेभीले भ्याटबाहेक ४१ करोड ७९ लाख रुपैयाँमा प्रवलीकरणको ठेक्का पाएको छ । सम्झौताअनुसार जेभीले १५ दिनभित्र प्रवलीकरण कार्य सुरु गर्नेछ । आयोजना निर्देशक प्याकुरेलले सिंहदरबारको मौलिक स्वरुप कायम राखी भूकम्प जानुअघिको भन्दा मजबुद हुने गरी प्रवलीकरण गरिने जानकारी दिनुभयो । ठेक्का कम्पनीका प्रतिनिधि सुवेदीले तोकिएको गुणस्तरमा समयभित्रै प्रवलीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रवलीकरण कार्यको परामर्शदातामा आइआरसी–इकोकोड नेपाल जेभी छनौट भएको छ । राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा निर्माण गरिएको सिंहदरबारको यो खण्ड २०३० को आगलागीबाट बचेको भाग हो । उक्त आगलागीबाट उत्तर, पूर्व र दक्षिण मोहडा जलेर नष्ट भएको थियो, जसको पछि पुनर्निर्माण गरिएको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here