काठमाडाै ।। राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को दुवै सदनको बैठकबाट पारित तीन विधेयक प्रमाणीकरण गर्नुभएको छ । राष्ट्रपति भण्डारीले राहदानीसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, वनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक र सेफगार्ड, एन्टी (डम्पिङ तथा काउण्टर भेलिङ) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक हिजो प्रमाणीकरण गर्नुभएको हो । राहदानी विधेयक संशोधन भएसँगै इपासपोर्ट अर्थात विद्युतीय राहदानी वितरण गर्ने सरकारको बाटो खुला भएको राहदानी विभागका महानिर्देशक रामकाजी खड्काले सीआईएनसँग बताउनुभयो । आउँदो आर्थिक वर्षबाट इपासपोर्ट अर्थात बिद्युतीय राहदानी वितरण गर्ने तयारी गरेको विभागले जनाएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here