काठमाडाै ।। चालु आर्थिक वर्षको पहिलो दुई महिनामा नेपालमा वस्तु आयात घटेको छ भने निर्यात व्यापार बढेको छ । भन्सार विभागको तथ्यांक अनुसार दुई महिना साउन र भदौमा कूल २ खर्ब २९ अर्ब ५० करोड रुपैयाँ बराबरको आयात भएको छ । यो रकम अघिल्लो आर्थिक वर्ष २०७५÷७६ को सोही अवधिको तुलनामा १ दशमलब २२ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षमा २ खर्ब ३२ अर्ब ३४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । यस अवधिमा निर्यात व्यापारमा भने उल्लेख्य वृद्धि भएको छ । तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको दुई महिनामा १८ अर्ब ५० करोड १८ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । यो रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २५ दशमलब ८७ प्रतिशतले बढी हो । तथ्याङ्क अनुसार आर्थिक वर्षको पहिलो दुई महिनामा नेपालको व्यापार घाटासमेत सच्चिन थालेको संकेत देखिएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here